"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामाजिक सदभाव जोगाउन धरानमा सर्वदलीय अपिल

प्रकाशित मिति :  ८ भाद्र २०८०, शुक्रबार १८:५५


विराटनगर । संभावित दुर्घटनालाई लिएर धरानका सवै राजनीतिक दलहरुले सद्भावको अपिल गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै दलहरुले सम्भावित दुघर्टना रोक्नले भोलि (शनिबार) धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।

‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी बातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

दलहरुले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिन आग्रह समेत गरेका छन् । धरानमा देखा परेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने दलहरुले प्रतिबद्धता समेत जनाएका छन् ।

धार्मिक द्वन्द्वको खतरा बढेर गएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ भने जनप्रतिनिधिहरुले संयमता अपनाउन सर्वसाधरणमा अपिल गरेका छन् ।

हेर्नुहोस् सर्वदलीय अपिल :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ

काठमाडौँ – लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा

काठमाडौं – हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का सबै आठ टिमले १०–१० खेलाडी पाएका छन्। आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा