"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई मधेश सरकारले बुझाएका ६ बुँदे मागपत्र के हुन् ?

प्रकाशित मिति :  9 November, 2023 5:42 pm


काठमाडौँ । संघीय सरकारले संविधानबमोजिम अधिकार नदिएको भन्दै आन्दोलनको घोषणा गरेको मधेश प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ६ बुँदे मागपत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाललाई भेटेर मागपत्र बुझाएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मागपत्र कार्यान्वयनका लागि सरकारलाई ३० दिनको अल्टिमेटम दिइएको बताए ।

‘संविधानले संघीय संरचनाबमोजिम अधिकारको बाँडफाँट पनि गरिदिएको छ ।तर संघीय सरकारले अहिलेसम्म पनि हामीलाई कतिपय अधिकारहरू दिएको छैन,’ मुख्यमन्त्री यावदले भने, ‘हामीसँग प्रहरी छैन, जबकी शान्ति सुरक्षाको व्यवस्था गर्ने अधिकार प्रदेशको हो । हामीसँग कर्मचारी छैन, काम गर्ने कर्मचारी चाहिएको छ । सरकारले भनेको बेला सचिव पठाउँदैन । संघबाट सचिवहरू जान्छन्, तर कहिलेसम्म बस्ने हो ? टुंगो हुँदैन । म मुख्यमन्त्री भएको आठ महिना भयो, अहिलेसम्म तीन सचिवको सरुवा भइसक्यो । कहिले आउँछन् ? कहिले जान्छन् ? हामीलाई थाहै हुँदैन ।’

उनले प्रदेश सरकारमातहतमा कर्मचारी नहुँदा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको परिचालनमा पनि समस्या भएको बताए ।‘हामीले प्रदेशसभाका सबै राजनीतिक दल र सांसदहरूको समेत सहमतिमा यो मागपत्र सरकारलाई बुझाएका छौँ । यदि सरकारले ३० दिनभित्र सम्बोधन गर्छ भने ठीक छ, होइन भने हामी शान्तिपूर्णरुपमा अरू आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ,’ मुख्यमन्त्री यादवले भने ।

मधेश सरकारले प्रदेश प्रहरी, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गा र गुठी जग्गाको प्रयोग तथा अर्थ र अभियोजनसम्बन्धी विषयहरूमा प्रदेशलाई अधिकार दिनुपर्ने भन्दै ६ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको छ । मुख्यमन्त्री यादवले संघीय सरकारले संविधानबमोजिम प्रदेशहरूलाई अधिकार नदिने र प्रदेशले काम गर्न नसक्ने, अनि त्यहीकारण जनताले संघीयताकै विरोध गर्ने अवस्था बनेको बताए । ‘संघले अधिकार नदिएका कारण प्रदेशले काम गर्नै पाएको छैन ।

हामीले काम गर्न नपाएका कारण प्रदेशको के काम भनेर जसले पनि प्रदेश खारेजीको कुरा गर्न थालेको छ,’ उनले भने, ‘हामी संघीयता पूर्ण कार्यान्वयन गराएर छोड्छौँ । संघीयता कार्यान्वयन नै नगरी खारेज हुन दिइने छैन । उनले बाँकी छ वटा प्रदेश सरकारहरूलाई पनि यो आन्दोलनमा सामेल हुन आग्रह गरे । ‘तपाईंहरू पनि एकजुट भएर आउनुस् । तपाईहरू पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुस्,’ उनले भने, ‘संघीयताको पूर्ण कार्यान्वयनले स्थानीय तहलाई पनि लाभ हुन्छ । म सबैलाई हाम्रो अभियानमा सामेल हुन आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा