"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघले बनायो भुकम्प प्रभावित क्षेत्रमा ६ कोठे अस्थाई विद्यालय भवन

प्रकाशित मिति :  १४ मंसिर २०८०, बिहीबार १८:२६


जाजरकोट । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि माध्यामिक विद्यालयमा ६ कोठे टि. एल. सि. अस्थाई भवन हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस भएको तथा ५० हजार भन्दा धेरै विद्यार्थी पढाई प्रभावित भएको थियो ।

ने. वि. संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाका अनुसार दुई वटा विद्यालय पुर्ण रुपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुइ अस्थाई भवन समेत बनाउने प्रतिवद्धता अनुसार शेर्पाले आज एक कार्यक्रमका बिच ६ कोठे अस्थाई भवन हस्तान्तरण गरेका छ्न। भुकम्प पश्चात पूर्ण रुपमा क्षति भएको विद्यालयमा पछिल्लो एक हप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुदै आएको थियो ।

त्रिबेणि माध्यामिक विद्यालयको ६ कोठे भवन हस्तान्तरण भए सँगै जुनिचादे गाउपालिकामा रहेको शिवपुरि माध्यामिक विद्यालयको ६ कोठे टि. एल. सि. भवन निर्माण सुचारु गर्दै छ। भवन निर्माण सँगै विद्यालयलाई आवश्यक विभिन्न प्रकारका शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ने. वि.संघ केन्द्रिय सदस्य नारायण पाण्डेका अनुसार हस्तान्तरण गरिएको उक्त भवन भुकम्प पश्चात सम्पन्न भएको पहिलो भवन रहेको र भोलि देखि विद्यालयमा नै पठन पाठन सुचारु हुने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो

पोखरा – गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज

पोखरा – गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको