"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामति कर्मचारी अस्पतालमा १२८ जना कर्मचारी माग

प्रकाशित मिति :  १८ जेष्ठ २०८१, शुक्रबार ११:०४


काठमाडौँ । निजामति कर्मचारी अस्पतालले नवौंदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ। शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभसाइटमार्फ अनलाइन दरखास्त दिन सक्नेछन्। दरखास्त शूल्क विभिन्न पदअनुसार फरकफरक तोकिएको छ।

हेर्नुहोस सुचना ।

2024-05-30-11-39-12-gopa-jeth-18-12-1717118616.jpg
nijamati-aspatal-1717118622.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो

पोखरा – गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज

पोखरा – गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको