"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देश भरका ४४ स्टार्टअप उद्यमले पाए सहुलियत कर्जा

प्रकाशित मिति :  २० असार २०८१, बुधबार १३:२१


काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि छानिएका १८३ मध्ये ४४ जनाले कर्जा लिएका छन् । मंगलबार साँझसम्म ४४ स्टार्टअप उद्यमीलाई १ करोड ९६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरिएको औद्योगिक विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए ।

छनोटमा परेका ४४ स्टार्टअप उद्यमीले राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट पहिलो किस्ताबापत ५ लाख रुपैयाँ लिएका हुन् ।प्रतिष्ठानले छनोटमा परेका उद्यमीलाई १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप कर्जा दिने भएको छ । यही साताभित्र १ सय ८३ परियोजनाले नै पहिलो किस्ताबापत ५ लाख रुपैयाँका दरले कर्जा पाइसक्ने गुप्ताको भनाइ छ ।

सिफारिसमा परेका परियोजनाहरूले परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम तिर्न सुरु गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले तोकेको बैंकको शाखामा तोकिएको कागजपत्रसहित आधिकारिक व्यक्ति सहुलियत कर्जाका लागि जानुपर्नेछ ।

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताए । सोमबार

काठमाडौँ – सन् २०२४ को अगस्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार सन् २०२३ को

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन्। कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि अर्थतन्त्रका बाह्य सूचक

काठमाडौँ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल