"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस एमालेको समर्थन सहित मधेशमा मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

प्रकाशित मिति :  २३ असार २०८१, शनिबार १७:०४


धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। जेष्ठ २५ गते मुख्यमन्त्रीको सपथ लिएका मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो ।

प्रदेश सभामा मत विभाजन गराउँदा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ ।

मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।

नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्रै मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।कार्यालयले आज सार्वजनिक सूचना जारी

काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले

स्याङ्जा – पछिल्लो समय गल्याङ नगरपालिकाले विभिन्न सुचकहरुको सुधारका लागि समयानुकुल नीतिहरुको निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । सामाजिक,

सोलुखुम्बु – सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन्। मौसमको अनियमितता, तापक्रम वृद्धिको