"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले वाग्मतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई प्रस्ताव

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १३:२०


मकवानपुर । कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि बढाउने भएको छ । आइतबार बसेको संसदीय  दलको बैठकले दलका नेता लामालाई आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो ।

संघमा कांग्रेस र एमालेको गठबन्धन भएसँगै वाग्मतीमा पनि सरकार परिवर्तन हुन लागेको हो । वाग्मतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार गठन हुन लागेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछ्न ।

वाग्मतीमा कांग्रेस र एमालेको सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेससको ३७ र एमालेको २७ सासंद रहेका छन् । बहुमतका लागि ५६ मतको आवश्यकता रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ

काठमाडौँ – लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का सबै आठ टिमले १०–१० खेलाडी पाएका छन्। आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा

काठमाडौँ – दसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा