"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार २२:२३


काठमाडौँ– २०८० सालको मदन पुरस्कारका लागि पाँचवटा पुस्तक छानिएका छन्। यसरी छानिएका पुस्तकहरूमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणीता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’का ‘सन्त्रासका साठी दिन’ छन्।

मदन पुरस्कारका लागि प्राप्त ३०४ किताबबाट पाँच कृति छनोट भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘छनोट भएका ५ पुस्तकमध्ये एकलाई ०८० सालको मदन पुरस्कार अर्पण गरिनेछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै

काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा

गण्डकी – वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा‍. महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। ‘रत्न–श्रेष्ठ