"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वडा मै पुग्यो सेवा, जनता खुसीले दंग

प्रकाशित मिति :  26 December, 2024 10:05 pm


स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाले वडा वडाका गाउँ गाउँमा पुगेर सेवा प्रदान गरेको छ । नगरपालिकाबाट दिदै आएका सेवाहरुलाई गाँउ गाँउमा पुगेर प्रदान गर्न थालेपछि जनता खुसीले दंग भएका छन् । विगत वर्षहरु जस्तै यस वर्ष पनि विभिन्न शिविरहरु मार्फत योजना सम्झौता, बैङ्क खाता सञ्चालन, स्वास्थ्य परीक्षण, माटो परीक्षण पशु तथा कृषि प्राविधिकलगायतका सेवा सञ्चालन गरेको हो ।

अधिकांश स्थानीयले शिविर हाम्रा लागि पर्व जस्तै रहेको अनुभुति सुनाए । वडा वडामा समय तालिका अनुसार सञ्चालन गरिएको शिविरमा उल्लेख्य जनताको सहभागिता रहेको देखिन्छ । विगत वर्ष देखिको प्रचलन र योजनावद्ध थालनीले स्थानीयमा यस्ता शिविर प्रभावकारी भएको जानकारहरु बताउछन् ।

यस क्रममा योजना शाखा अन्तर्गत योजना सम्झौता २४१, बैक खाता संञ्चालन १९५, कृषि सेवा शाखा अन्तर्गत माटो परिक्षण १८०, बालि परिक्षण २३०, पशु सेवा शाखा अन्तर्गत गोवर परिक्षण ९०५, परामर्श सेवा ८७५, औषधि वितरण १२२७, दुध परिक्षण ७२ र रेविज विरुद्धको खोप ९ सेवा प्रदान गरिएको छ ।

“सबै वडामा सञ्चालन गरिएको शिविरमा पाँच हजार ४७४ जनाले सेवा लिएका छन्”

त्यस्तै, स्वास्थ्य सेवा अन्तर्गत भिआइए स्क्रिीनिङ ६९८, स्तन क्यान्सर स्क्रिीनिङ ७७२, दन्त उपचार ४५५, इम्पाल्न्ट सेवा ८, रिग पेसरी ३८, सुगर जाँच ४४२, भिडियो एक्सरे २४६, इसिजि १०८ र स्वास्थ्य परिक्षण पश्चात निशुल्क औषधी वितरण ११८० मा गरिएको छ ।
नागरिकलाई सेवा लिनका लागि कार्यालयमा पुग्नैपर्ने बाध्यताको अन्त्य गर्न पालिकाले वडातहमा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । शिविर एकै ठाँउमा योजना सम्झौता, बैङ्क खाता सञ्चालन, स्वास्थ्य परीक्षण, माटो परीक्षण पशु तथा कृषि प्राविधिकलगायतका सेवा पाउदा विभिन्न वडाका स्थानीयहरु खुसी देखिएका छन् ।

साना योजना सम्झौताका लागि दुई तीन दिन खर्चेर पालिकाको कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेपछि गल्याङका बासिन्दा खुसी भएका छन् । नगरका ११ वटै वडामा सञ्चालन भएका योजनाको सम्झौता गाउँ गाउँमा पुगेर गरिएको छ । स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँघरमा पुगेको सेवाका कारण नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सफलता मिलेको नगरप्रमुखले बताए । गाउँमा पुगेको शिविरबाट दुई हजार ७६७ जनाले उपचार पाएको र एक हजार १८० जनालाई निःशुल्क औषधी दिइएको भन्दै प्रमुख भट्टराईले जानकारी दिए । उपचारका लागि गल्याङ नगर सदरमुकामसम्म पुग्न नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्नेका लागि यो कार्यव्रmमले सहज भएको बताए ।

एकीकृत घुम्ती शिविरमा २४१ योजनाको सम्झौता गरिएको छ भने योजनाका लागि १९५ वटा खाता खोलिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए । सबै वडामा सञ्चालन गरिएको शिविरमा पाँच हजार ४७४ जनाले सेवा लिएका छन् भने दुई हजार ४०७ जनाले निःशुल्क औषधी पाएका नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्