"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आन्दोलित शिक्षकद्धारा अध्यादेशबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

प्रकाशित मिति :  २० चैत्र २०८१, बिहीबार २२:१२


काठमाडौँ – काठमाडौंमा आन्दोलित शिक्षकले अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । बिहीबारको प्रर्दशनका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनीहरूले सरकारले आफ्ना माग पूरा गर्न अध्यादेशबाट भए पनि नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उनीहरूले बताएका हुन् ।

उनीहरूले सरकारले हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा ल्याउने भने पनि नल्याएको बताए । प्रदर्शनमा सहभागी शिक्षक भूपेन्द्रनाथ अधिकारीले समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आफूहरू आएको र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्नुभयो । उनले आउने शिक्षा ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल गर्नुपर्ने बताए ।

‘समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आएका हौँ । शिक्षा ऐन जारी गरियोस् । शिक्षा ऐन नहुँदा अहिलेको ७५३ वटै पालिकामा फरक-फरक किसिको शिक्षा प्रदान भइरहेको छ । त्यसलाई एउटै बनाउन र २०२८ सालको शिक्षा ऐनबाट शासित हुन गाह्रो भएको छ । अहिलेको शिक्षा ऐन प्रविधिमैत्री भएको छैन । अब आउने शिक्षा ऐनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल हुनुपर्छ । हामीले सडकबाट सदन बोलाएर शिक्षा ऐन आओस्,’ उनले भने ।

प्रदर्शनमा सहभागी शिक्षक शिवलाल बरालीले सरकारले अध्यादेशबाट भए पनि नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने माग गरे । उनले अहिलेको शिक्षा ऐनले सार्वजनिक शिक्षा सुधार गर्न नसकेको र नयाँ शिक्षा ऐन सार्वजनिक शिक्षा सुधार हुने किसिमको आउनुपर्ने बताए । ‘नयाँ शिक्षा ऐन जारी गर्न र हाम्रो शिक्षक हक, अधिकारको लागि माईतीघरमा आएको हो । शिक्षा ऐन पुरानो भयो, यसले नयाँ प्रविधिलाई समेट्न सकेन । सार्वजनिक शिक्षा सुधार हुने किसिमको प्रविधिमैत्री शिक्षा ऐन हुनुपर्छ । पुरानो ऐनले अहिलेको शिक्षामा परिवर्तन भएको छैन । सरकारसँग भएका सहमति सरकारले अक्षरशः पालना गरोस् । अब आउने शिक्षा ऐनमा अक्षरांश लेखेर छिटो भन्दा छिटो नयाँ शिक्षा ऐन जारी गरियोस् । सरकारले चाह्यो भने अध्यादेशबाट शिक्षा ऐन जारी गर्नसक्छ । सडकबाटै दबाब दिन उपस्थित भएका हौँ,’ उनले भने ।

त्यस्तै अर्का शिक्षक हेमलाल घिमिरेले सरकार र शिक्षक महासंघबीच पटक-पटक सहमति भएको बताउँदै २०७५, २०७८ र २०८० सालमा शिक्षक महासंघ र सरकारबीच सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए । देशमा शैक्षिक गुणस्तर वृद्धिको निमित्त, दक्ष जनशक्ति नेपालमै रहनको निमित्त नयाँ शिक्षा ऐन जरुरी रहेको उनको भनाइ छ ।‘सरकार र शिक्षक महासंघबीच पटक-पटक सहमति भएको छ । २०७५, २०७८ र २०८० सालमा शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । संघीय ऐन जारी होस् । देशमा शैक्षिक गुणस्तर वृद्धिको निमित्त, दक्ष जनशक्ति नेपालमै रहनको निमित्त र अहिलेको प्रतिस्पर्धाको युग छ, त्यो प्रतिस्पर्धा र्धाको युगमा अहिलेका हाम्रा सन्ततिले प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले देशभरका शिक्षकहरु सडकमा आएका छौँ । अहिलेको मौजुदा शिक्षा ऐनले अहिलेको परिस्थितिलाई समेट्न सकेन । राज्य उदासिनता हुनु हुँदैन,’ उनले भने ।

प्रदर्शनमा जुम्लाबाट सहभागी अर्का एक शिक्षकले सरकारले अध्यादेशमार्फत भए पनि शिक्षा ऐन ल्याउनुपर्ने माग गरे । उनले सरकारले चाहेको खण्डमा असम्भव नरहेको जिकिर गरे । ‘सरकारले लाचारी पन देखाइरहेको छ । अध्यादेशमार्फत शिक्षा ऐन ल्याउनसक्छ । हिउँदे अधिवेशनमा आउँछ भनेर झ्क्याएर सक्याए । अहिले पनि सरकारले चाहेको हो भने शिक्षक महासंघसँग सहकार्य गरेर अध्यादेशमार्फत ल्याउनसक्छ,’ उनले भने ।

अर्का शिक्षक रुद्रबहादुर वलीले विगतमा शिक्षक महासंघसँग भएका सम्झौता सम्बोधन हुनेगरी नयाँ शिक्षा ऐन जारी हुनुपर्ने माग गरे । ‘विगतमा सरकारसँग भएका सम्झौता सम्बोधन हुनेगरी नयाँ शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन आएका हौँ । हाम्रा समस्या धेरै छन् । तत्कालको लागि हाम्रा नयाँ माग छैनन्,’ उनले भने । शिक्षकहरूले शिक्षाको स्थिति नाजुक रहेको र अब आउने शिक्षा ऐन प्रविधिमैत्री हुनुपर्ने धारणा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउबारे कानुन, न्याय तथा संसदीय मामिला समितिलाई जानकारी गराएका छन्। शुक्रबार सिंहदरबारमा

काठमाडौं – भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई आज बिहान भारत आसामको

काठमाडौँ – नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख

काठमाडौं – शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका