"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपामा समानुपातिकको आन्तरिक छनोट, कस्को कति मत ?

प्रकाशित मिति :  29 December, 2025 8:45 pm


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकको आन्तरिक उम्मेदवार छनोटमा शीर्ष स्थानमा पर्नेहरुको सूची तयार भएको छ । आन्तरिक मतदानमार्फत ६ क्लस्टरमा उम्मेदवारका आकांक्षीहरुको सूची तयार पारिएको हो ।

शीर्ष तीनमा पर्नेहरुको सूची अनुसार, आदिवासी जनजातितर्फ १६ हजार १२ मतसहित उत्तमबहादुर गुरुङ पहिलो, सत्यकला राई १४ हजार २०१ मतसहित दोस्रो र टासी ल्हाजोम १३ हजार ७२ मतसहित तेस्रो स्थानमा छन् ।

ल्हाजोमलाई सुशीला कार्की नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, अन्तिम समयमा रद्द भएको थियो ।

खस आर्यतर्फ १८ हजार २२३ मतसहित रमेश प्रसाईं पहिलो, प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो नम्बरमा छन् ।

दलिततर्फ १३ हजार १४३ मतसहित विजय जैरु, दोस्रोमा १३ हजार ७३ मतसहित अमृत विक र तेस्रोमा १२ हजार ८५६ मतसहित सबिना विश्वकर्मा छन् ।

थारुतर्फ १७ हजार ४२५ मतसहित प्रेमलाल चौधरी, १३ हजार ६१३ मतसहित चुमान चौधरी, १३ हजार ५३५ मतसहित पुष्पाकुमारी चौधरी छन् ।

मुस्लिमतर्फ १५ हजार ९६७ मतसहित समिना मियाा, दोस्रोमा १५ हजार १५७ मतसहित अख्तर हुसेन र तेस्रोमा १४ हजार ४६३ मतसहित मोहम्मद हसरत अली छन् ।

मधेशतर्फ १५ हजार ७४५ मतसहित पुनम कुमारी अग्रवाल पहिलो, १२ हजार ३२२ मतसहित डा. अंकिता ठाकुर दोस्रो र ११ हजार ६३० मतसहित ममता शर्मा तेस्रो स्थानमा छन् ।

समूहनाम प्राप्त मत
खस आर्य1रमेश प्रसाईं18223
खस आर्य2प्रमोद न्यौपाने14167
खस आर्य3रञ्जु दर्शना13551
खस आर्य4टिका साङ्ग्रौला (ज्वाला)13106
खस आर्य5लिमा अधिकारी (आचार्य)12760
खस आर्य6समीक्षा बाँस्कोटा12460
खस आर्य7विपिन कुमार आचार्य12245
खस आर्य8क्रान्तिशिखा धिताल11781
खस आर्य9प्रतिभा रावल11721
आदिवासी जनजाति1उत्तम बहादुर गुरुङ16012
आदिवासी जनजाति2सत्य कल्पना राई14201
आदिवासी जनजाति3टाशी ल्हाजोम13072
आदिवासी जनजाति4मिलन लिम्बु13059
आदिवासी जनजाति5सृजना श्रेष्ठ12475
आदिवासी जनजाति6निर्मला खिम्दिङ11732
आदिवासी जनजाति7एलिजा गुरुङ11489
आदिवासी जनजाति8मेघना श्रेष्ठ11235
आदिवासी जनजाति9तिला खत्री10519
मधेशी1पूनम कुमारी अग्रवाल15745
मधेशी2डा. अंकिता ठाकुर12322
मधेशी3ममता शर्मा11630
मधेशी4सोनमती कुमारी यादव11120
मधेशी5कामिनी कुमारी11038
मधेशी6डा. अभिजित गुप्ता10437
मधेशी7जुली यादव9962
मधेशी8पूनम साह9742
मधेशी9निशा मेहता9625
दलित1विजय जैरु13143
दलित2अमुता विक13073
दलित3सबिना विश्वकर्मा12856
दलित4स्मृती सेञ्चुरी12710
दलित5अविता नेपाली12285
दलित6सीता विश्वकर्मा11215
दलित7रुपक विश्वकर्मा घिमिरे11155
दलित8खिमा बीके9835
दलित9चन्द्रकला बीके9719
थारु1प्रेमलाल चौधरी17425
थारु2चुमन चौधरी13613
थारु3पुष्पा कुमारी चौधरी13535
थारु4महेश राम थारु13246
थारु5गोविन्द बहादुर थारु11666
थारु6करिश्मा कठरिया10228
थारु7गीता चौधरी7154
थारु8कविता कुमारी चौधरी5326
थारु9कलावती चौधरी3704
मुस्लिम1समिना मिया15967
मुस्लिम2अख्तर हुसेन15157
मुस्लिम3मोहम्मद हसरत अली14463
मुस्लिम4मिर्जा राशिद बेग10873
मुस्लिम5कमालुद्दिन इद्रिस10658
मुस्लिम6इश्रा मुल्ला मिया9969
मुस्लिम7गजल शामिम मिक्रानी9013
मुस्लिम8समिउन निशा8339
मुस्लिम9ई. मोहम्मद अयुब7328



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । यसअघि नै रास्वपामा गइसकेका काठमाडौंका मेयर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

काठमाडौं – जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन आचारसंहिता तयार भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ