"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध साढे १८ लाखको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  1 July, 2026 4:22 pm


काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सुवेदीसहित शिरिस कन्स्ट्रक्सन, मध्यपुर ठिमी ६ भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा पलापु खानेपानी योजनाको ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैङ्क जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । 

सात दिनभित्र कार्यालयलाई विश्वसनीय हुने गरी काम नगरेमा उक्त कम्पनीलाई स्वतः कालोसूचीमा राखी ठेक्का सम्झौता रद्द गरी वैकल्पिक प्रक्रियाद्वारा खानेपानी योजनाको कार्य अगाडि बढाउने भनी सर्वसहमतिले निर्णय गरेकोमा जमानत जफत हुने कानूनी व्यवस्था तथा सम्झौताको सर्त विपरीत हुने गरी गाउँ कार्यपालिका बैठकको ठेक्का रद्द गर्ने निर्णयलाई लुकाइछिपाइ बदनियत राखी सम्झौताको क्रममा पेस गरेको नेपाल बैङ्क लिमिटेडलाई मिति २०७९ भदौ २७ गते मात्र बैङ्क जमानत बापतको रकम जम्म गरिदिन पत्राचार गरेको  पुष्टि भएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान