"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साल्ट ट्रेडिङको सहायक प्रबन्धकविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

प्रकाशित मिति :  2 July, 2026 8:24 pm


काठमाडौँ  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा दायर भएको छ । 

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार सन् १९९८ मा झाले मगाध युनिभर्सिटी, बोधगयाबाट प्राप्त मार्कसिट, इमिग्रेसन, ट्रान्सफर, प्रोभिजनल लगायतका झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सहायक प्रबन्धक (सातौँ तह) पदमा बढुवा नियुक्ति लिई ओहोदा, लाभ र सुविधि समेत प्राप्त गरेको पुष्टि भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको अयाोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको