अम्बेडेजरको सोच र नेपालको छुवाछूत
नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछूतप्रथा अझै व्यापक रुपमा चलिरहेको भेटिन्छ । कतिपय स्थानहरूमा दलित समुदायमाथि छोईछिटो गर्ने, मन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भैइरहेका छन् । यस्ता व्यवहारहरु हाम्रा समाजका समस्या हुन्। परम्परागत सोचमा यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउन जरुरी छ ।
भारतीय उपमहाद्दीपको अस्पृश्य दलित समुदाय, जापानको बुराकुभिन, कोरियाको बेकजोङ, तिब्बतको राग्याबपा, युरोपका रोमानी जनता र कागो, यमनको अल आखदम प्रतिको व्यवहारको वर्णन गर्दा पनि छुवाछूतको प्रयोग गरिन्छ । नेपाल, पाकिस्तान र भारतमा छुवाछूतलाई अवैध बनाईएको छ । (नेपालको संविधान २०७२)मा छुवाछूतको कानुन राखिए तापनी छुवाछूतको अर्थ भने स्पस्ट पारिएको छैन ।
इतिहास अनुसार परम्परागत रुपमा अस्पृश्य मानिने यी जातले प्रायः माछा मार्ने, घर सफा गर्ने,लुगा धुने,जुत्ता सिलाउने जस्ता आवश्यक तर सामान्य जनताले गर्न नरुचाउने कान गर्ने गर्दथे । मध्यवर्तीकालमा उचित सरसफाइ नगर्ने र जे जती पायो त्यही खाने वर्गलाई पनि अछुत मानिन्थ्यो । बिस्तारै छुवाछूत वर्ग/वर्गबिच हुने अन्तर संघर्षको रुपमा पनि हेरिन्छ । तर, अहिलेको विद्यमान समय अत्यन्तै बदलिए तापनी समाजमा यी समस्याहरु अझै विद्यमान छन् ।
नेपालको सन्दर्भमा :
दलित जागरण सम्बन्धि काम गर्ने एउटा सस्थाले छुवाछूतसम्बन्धि हिन्दु धर्मशास्त्रका व्यवस्था सच्चिनुपर्ने र वेदमा नभएको तर पछि रचित धर्मशास्त्रहरुमा व्यवस्था राखिएको कारण सच्चिनुपर्छ भनिएको बताए । पैतालाबाट जन्मिएको भनेर जन्मदेखि नै अपमान र विभेद गर्छ भने समाजको धर्मको स्विकार गर्न सकिने अवस्था रहदैन ।
समाजमा भोगे र अनुभव गरे अनुसार एवम् सामाजिक सञ्जालमा आईरहने समाजमा जातीयता, छुवाछूतका कारण देखिने समस्याहरू समाचारहरुमा,स्वयं समाजमा देखिइरहने यी समस्याहरु अन्त्य गर्नु नै पर्छ । छुवाछूत अन्त्यको कुरा गर्दा भारतीय दलित नेता बाबा साहेव बिआर अम्बेडेकरको मान्यता सम्झिनुपर्छ । वर्तमान सन्दर्भमा हेर्दा जातीयताको नाममा राजनीतिबाट संघर्ष प्रयत्नरत रही व्याक्तिदेखि आम नागरिकसम्म पुग्नुपर्ने अवस्था छ । यसमा ध्यान खिचिनु अति आवश्यक छ ।
अम्बेडकरको कदम :
कतिपयलाई अम्बेडेकरको पुस्तक (एन्निहिलेसन अफ कास्ट) जातव्यवस्था निर्मुल गर्ने अचुक अस्त्र नै हो जस्तो लाग्छ । यो पुस्तकानुसार प्रवर्तक दयानन्द सरस्वतीको वर्णव्यवस्थाको श्रमविभाजनलाई स्विकारेतापनि यससँग गासिएर आएको छुवाछूत प्रथालाई (अवैदिक) करार गरि अस्वीकार गरे ।
सन् १९२२ मा आर्यसमाजले जातपात सम्बन्धि चलन अन्त्य गर्न (जातपात तोडक मण्डलु गठन गर्यो)। त्यसको चौध वर्सपछी मण्डलले आफ्नो एउटा सभामा वक्ताका रुपमाअम्बेडकरलाई निम्तो गर्यो ।त्यो हेरिसकेपश्चात मण्डल पछाडि सर्यो ।
भाषणको मस्यौदामा छुवाछूतयुक्त वर्णव्यवस्था निर्मुल गर्न यसलाई टेको उपलब्ध गराउने हिन्दु धर्मग्रन्थहरु खारेज हुनुपर्ने पुर्वसर्त तेस्र्याइएको थियो । अस्पृश्य महार जातका भारतीय समाजसुधारक तथा राजनीतिज्ञ बाबा साहेब आम्बेडजरले भनेअनुसार ब्राह्मणवाद छाडेर बौद्ध धर्ममा लागेका व्याक्तिलाई बनाएको नीति अन्तर्गत छुवाछूत प्रथाको सुरुवात भएको थियो ।
यद्धपी, विवेकानन्द झा र अन्य विद्वानहरुले आम्बेडेकरको यस अनुमानलाई गलत प्रमाणित गर्न सफल भएका छन् । तर, आम्बेडकरको अनुसार हिन्दु धर्मले छुवाछूत र जातको उपचार गर्न त्रासको ठहर गर्दै त्यही भासणमार्फत आम्बेडेकरले हिन्दु धर्म त्यागेको घोषणा गर्ने बुदा मस्यौदामा थियो ।
मण्डलको सभामा भासण नबाझिए पनि यो (एन्निहिलेसन अफ कास्ट) शीर्षकमा प्रकाशित भइ अत्यन्त प्रख्यात भएर चर्चा भने कमायो । अम्बेडकरलाई कतिपय विद्वानहरुले (अराष्ट्रवादी अभियान्ता) भन्ने गरेका छन् । भारत स्वतन्त्र हुँदैगर्दा उनले वर्णव्यवस्थाको शिरमा रहेकाहरुबाट शासित हुनुभन्दा बेलायतीबाट शासित हुनु ठिक हो भन्न समेत भ्याएका थिए। तर रास्ट्रको सार्वभौम स्वाभिमान रुपमा हेर्दा अप्रिय एवम् अस्वाभाविक हुन जान्छ तर उनको भनाईले गहन अर्थ भने राख्छ ।
यति हुदाहुदै पनि उनको समग्र जीवन नियाल्दा स्थानीय सस्कृतीमा आधारित रास्ट्रिय पहिचान प्रति झुकाव देखिए तापनि उनको केहि टिप्पणीहरु फरक भए। हिन्दु धर्मको आलोचना मात्रै होइन उनले इस्लाम धर्मको कडा रुपमा सशक्त आलोचना गरेर सातो खाए । उनले हिन्दु धर्मका यावत् दुर्गुण इस्लाममा भएको र भएको धर्म स्वीकार गर्नुहुदैन भन्ने मान्यता उनमा थियो ।
उनले तयार पारेको संविधानमा समेत इसाई धर्म मान्ने दलितलाई आरक्षणबाट बन्चित गरि इसाई धर्ममा दलित नहुने कुरा अगाडि ल्याइदिएर इसाई धर्म दलितहरुले नअङ्गालुन भन्ने बिचार एवम् चाहना राख्थे । हिन्दु धर्मको आलोचना गर्दा हिन्दुवादीहरुले निकै उनीमाथि लान्छना गाएका भएतापनि अहिले आएर हिन्दुवादीहरुले उनीप्रती शिर निहुर्याएका छन् ।
यसो गर्नुमा हिन्दुवादीहरुमा स्वार्थ पनि छ किनभने अम्बेडकरलाई आदर्श मान्दा आफुहरु छुवाछूतको प्रखर विरोध गर्ने प्रगतिशील खेमामा दरिन्छौँ भन्ने उनीहरुको आशा छ । हिन्दु धर्मको आलोचना गर्दैगर्दा उनले त्यसबाट इस्लाम वा ईसाई धर्मलाई लाभान्वित हुन नदिई जीवनको अन्तिम दिनताका लाखौं दलित समर्थकसहित उनले भने बौद्ध धर्म ग्रहण गरेतापनि तत्पश्चात हिन्दुवादीहरुले हिन्दुहरु बौद्ध धर्ममा लागे भने पनि राष्ट्रीय मनोविज्ञानको लगाम अन्त पुग्दैन भन्ने मान्यता राख्दथे ।
सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएपछि उनले हैदरावादका निजामको पक्ष लिई पाकिस्तानमा समाहित हुने निर्णयमा असहमति जनाउन त्यहाँका दलितहरुलाई आह्वान गरि पाकिस्तान र त्यहाँका राज्य तथा नागरिक समाजले अवलम्बन गरेको धर्म सम्बन्धि नितिको पनि उनी चर्को आलोचना गर्ने व्यक्ति थिए ।
संकटको घडीमा अम्बेडकर भारतको रास्ट्रीय स्वार्थको पक्षमा उभिएका कारण उनी त्यसबेला रास्ट्रवादी भनेर त्यसबेला बल्ल चिनियो । केही व्याक्तिहरुके दलितको सवालमा अम्बेडकरलाई आदर्श मान्दै गर्दा उसको मर्मप्रति सहमत हुनैपर्छ । नत्र आदर्श मान्ने घोषणा खोक्रो सावित हुन्छ र व्याक्तिगत स्वार्थपूर्ति गर्ने फगत साधनका रुपमा खुम्चिने सम्भावना प्रबल रहन्छ प्रवीणको अन्त्य हिन्दु समाजशास्त्रले मुलतः छुवाछूत प्रथालाई केन्द्रमा राखी विभिन्न हिन्दु धर्मग्रन्थबाट निस्सृत दलित र महिलाद्वसी अवधारणाका कारण (सर्वधर्म समभाव) वा (वैशुधैव कुटुम्बकम) को नारामार्फत विश्वसमुदाय माझ आफुलाइ विशिस्ट पहिचान दिन हिन्दु धर्मलाई अप्ठ्यारो परिरहेको छ ।
आर्य र भारतीय उपमहाद्वीपका रैथानेबिच युद्धमा निर्णायक युद्ध भएसङ्गै वर्णव्यवस्थाको अन्कुरित भइ युद्धमा आर्य विजयी भए र पराजित भएका वेदका ऋचाहरुले रैथानेहरुलाई दस्यु (असभ्य) भनी परिभाषित गरे । दस्युहरुलाइ दास बनाएर उनीहरुलाई शुद्र हुदै प्रकारान्तरमा अछुत बनाईयो । छुत हुदैन अछुतसम्मको दलित यात्राबारे वेद प्राचीन सस्कृत ग्रन्थले यथेष्ट संकेत गरेका छन् ।
ऋग्बेद र युजुर्वेदका ऋचालाई वर्णव्यवस्थालाई उल्लेख प्राचीनतम सन्दर्भ–सामाग्री भनिन्छ जहाँ ब्राह्मण ब्रह्माको मुखबाट, राजन्य पाखुराबाट,वैश्य जाघबाट र शुद्र पाउबाट उत्पन्न भए भनिएको छ। यस अन्तर्गत यसबाट सामाजिक तह अनुरुपको श्रमविभाजन तर्फ संकेत गर्छ ।
समयानुसार वर्णव्यवस्थामा श्रमविभाजनसङ्गै छोईछिटोले पनि प्रश्रय पायो र अछुत वर्गको उदय भयो । यसको संकेत वेदपछी रचना भएका गौतमधर्मशुत्र, मनुस्मृती लगायतका शास्त्रमा पाईयो । छोईछिटोको प्रमाणका लागि गौतमधशुत्रुमा द्वीजाती स्त्रीसङ्ग सम्भोग गर्ने शुद्रको लिङ्ग काटेर सर्वस्वहरण गर्नु भनिएको एवम् (मनुस्मृतीमा) आत्मीयजन हुँदाहुँदै मृत्यु भएका ब्राह्मणलाई शुद्रद्वारा नउठाइयोस् किनकि शुद्रको स्पर्शको दुसित हुने भएकाले मृतकको शव स्वर्ग जान लायक हुँदैन, भनिएको सन्दर्भलाई लिन सकिन्छ ।
(ईश्वरले ब्राह्मणको दास बन्नका लागि शुद्रहरुलाई उत्पन्न गरेका हुन्) भन्ने कुरा मनुस्मृतीमा उल्लेख गरिएको छ । त्यस्तै शुद्र उद्यमशील बन्न नदिइएको कुरा समेत मनुस्मृतिमा उल्लेख गरिएको छ । ब्राह्मणको सेवामा रहेर यदि शुद्रको जीवन निर्वाह हुँदैन भने उसले क्षत्रीय सेवा गरोस् ,यदि उसबाट पनि जीवन निर्वाह नभए धनी वैश्यको सेवा गरेर जीवन यापन गरोस् भनी गरिएको व्यवस्थालाई लिन सकिन्छ । वर्ण व्यवस्थाको जस्तो श्रम विन्यास पर्सिया,रोम,जापान लगायत एसिया,युरोप,अफ्रिका आदि धेरै मुलुकमा अभ्यास हुन्थ्यो । मानिसको आत्मा(प्रज्ञा,साहस र वासनामा विभाजित भइ सामाजिक तह निर्धारण हुने गथ्र्यो ।
इतिहासमा नेपाली समाजको छुवाछूत :
नेपालको समाजमा परम्परागतकाल,मध्यवर्तीकालदेखि अहिलेको समाजको अवस्था आकलन गर्नु अत्यावश्यक हुन्छ । नेपालको राजनीतिक उथलपुथलले पनि नेपाली समाजमा जातियताको कुरामा सर्वाधिक छुवाछूत हुने कुरालाई निरन्तरता एवम् प्रश्रय दियो । २०औ शताब्दीको अन्ततिर अथवा २१औ शताब्दीको सुरुवातका केही बर्षसम्म पनि अत्याधिक छुवाछूत एवम् जातियताको खाडल भयंकर थियो ।
श्रि ३ राणा एवम् श्रि ५ शाहहरुले राज्यानियमकानुन निर्माण गरि जातजाति अनुसार कारबाही गर्ने गरेको हुनाले छुवाछूत जस्ताको तेस्तै रहेको थियो । जहाँ अन्य जातिले सानो केही गर्दा पनि ठुलै कारबाही भोग्नु पथ्र्यो तर ब्राह्मणले जति ठूलो भयानक अपराध गरेपनी कपाल मुन्डन गरेपस्चात अपराधबाट सफाई प्राप्त गर्थे ।
वि सं २००७ मा प्रजातन्त्र आएपछि छुवाछूत बिरुद्धको विसङ्गतिको कुरा आम्बेडकरको केही प्रभावमा परेका बिपि कोइराला लगायतका व्याक्तित्वहरुले उठाउन सुरु गरेपछि बल्ल चेतनाको दियो बल्न सुरुभयो । त्यसपछी देशमा भएका विभिन्न राजनैतिक उथलपुथल आयो।मुख्यगरि २०४६ को जनआन्दोलन, दस बर्से जनयुद्ध,०६२/६३ को जनआन्दोलनले समाजमा छुवाछूतमा धेरै कमी गरायो। नेपालका पुराना अन्य संबिधानमा सुक्ष्म रुपमा राखेका छुवाछूत सम्बन्धि कानुन नेपालको अन्तरिम संविधान २०६३ र (नेपालको संविधान-२०७२) मा शसक्त कानुन बनेको छ । दलित आयोगदेखि विभिन्न सस्थाहरु खुलेका छन । तर, कानुन बनेपनी ,आयोग भएपनी भित्री समाजमा,पिछडिएका समाजमा यो समस्या सर्वविदितै छ । दलित समुदायबाट आएका नेता, अभियान्ताहरु आफू सेटल भएपछी आफ्नो मुद्दा छाडेर व्याक्तिगत स्वार्थमा लिप्त भएका छन् ।
दुर्गम क्षेत्रमा छुवाछूत विरुद्धको कुरा समानताको कुरा कछुवाको गतिमा छ । नियम, कानुन भएर पनि छुवाछूतमा समाजमा भैइरहनु के दलितहरुको प्रतिनिधित्व गर्ने बौद्धिक एवम् आटिलो दलित नेता र अभियान्ता नभएर त होइन ? संविधानको मौलिक हकमा समेत व्यवस्था गरिएको छुवाछूत बिरुद्धको हक कसैले हनन गरेर गरिन्न । वास्तविक रुपमा कानुन कार्यान्वयनमा हामी एकै ठाँउमा उभिनु बाहेकको अन्य विकल्प छैन ।
- भुसाल विद्यार्थी नेता हुन् ।