"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समृद्धिको आधार : वित्तिय सुशासन र पारदर्शी लगानी

प्रकाशित मिति :  ५ फाल्गुन २०७८, बिहीबार १५:४६


मुलुकमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जना गर्न ठूला योजना निर्माण आवश्यक छ । ठुल्ठूला योजना सम्पन्न गर्न स्वदेशीसँगै विदेशी लगानी अति आवश्यक छ । लगानीकर्ताको लगानीलाई सुरक्षा दिने र उनीहरुको नाफा कमाउने वातावरणलाई सुनिश्चितता प्रदान गर्ने काम सरकारको हो । देशको समृद्धिको आधार औधोगिक लगानी र विदेशी लगानीलाई संरक्षण, सम्वर्धन र विकास जरुरी हुन्छ ।

विश्वमा आर्थिक क्रान्तिको थालनी अठारौं र उन्नाइसौं शताब्दीमा भएको पाइन्छ । सन् १७०० को अन्त्यतिर बेलायतमा आर्थिक क्रान्ति सुरु हुनुभन्दा पहिले त्यहाँ हात तथा मेसिनको प्रयोगबाट मात्रै वस्तु उत्पादन गरिन्थ्यो । औधोगिक क्रान्ति पश्चात् पछि मात्र मेसिनको प्रयोग हुन थालेको हो । र, त्यसपछि मानिसको जीवनमा केही परिर्वतन आएको पाइन्छ । तर, नेपालमा औंधोगिक विकासको प्रयोग भने धेरै लामो रहेको पाइदैन् । हामी भने विगत देखि नै वर्तमान सम्म पनि परम्परागत कृषि प्रणालीमै सीमित हुन पुग्यौं ।

नेपालमा विकासका योजनाहरुले खासै आर्थिक क्रान्ति र औंधोगिक क्रातिको विकास भएको पाइदैन । २०४६ सालको राजनीतिक परिवर्तन र प्रजातान्त्रिक व्यवस्थाको पुनःर्बहालीसँगै ल्याइएको आर्थिक उदारीकरणको नीति एवं विश्वव्यापीकरणद्धारा सिर्जित अवसर र चुनौतिको रुपामा ल्याइएको पान्इछ । तर, हामीले यसलाई आत्मासाथ गदैं लैजान सकेनौँ ।

वास्तवमा औद्योगिक विकास भनेको दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्ने सबैभन्दा उत्तम उपाय नै हो । औद्योगिक विकासका लागि देशभित्र भएको स्रोत–साधन नपुग हुने भए देशबाहिरका लगानीकर्ताबाट लगानी बढाएर पुँजी प्रविधि र मानवसाधन आयात गरेर स्रोतसाधनको खाडल पूर्ति गर्नु जरुरी छ । जुन औद्योगिक विकासमार्फत दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ अगाडि बढ्नु पर्दछ ।

विभिन्न आयोजित लगानी सम्मेलनमा वैदेशिक लगानीदाताहरुले नेपालमा लगानी गर्ने प्रतिबद्धता त गर्छन् । तर, प्रतिबद्धताअनुरूप हालसम्म खासै लगानीको प्रगति हुन सकेको छैन । विदेशी लगानी वृद्धि गर्न सके आन्तरिक स्रोतको परिचालन, रोजगारीमा वृद्धि, गरिबी निवारणजस्ता मुलुकका ज्वलन्त समस्याहरूलाई एकैसाथ सम्वोधन गर्न सकिन्छ ।

हामीकहाँ पछिल्लो राजनीतिक स्थायित्वको परिवेशसँगै नेपालमा विदेशी लगानी बढ्ने वातावरणमा सहजता बनाउँनु पर्ने हो । तर, विश्व वैंकको पछिल्लो प्रतिवेदनले नेपालमा व्यवसाय गर्ने वातावरण कमजोर भएको देखाएको छ । नेपाल लगानीमैत्री वातावरणको दृष्टिमा विश्वका १ सय ९० मुलुकमध्ये लगभग १ सय स्थान भन्दामाथि नै रहेको पाइन्छ ।

खासगरी नेपालमा व्यापक औद्योगिक लगानीको सम्भावना रहेको पाइन्छ । हामीकहाँ प्रशस्त मात्रमा प्राकृतिक विविधता हुनु, आन्तरिक लगानी क्षमता बलियो हुनु, सस्तो श्रमशक्ति र कच्चा पदार्थको पर्याप्तता आदि । तर, त्यसका लागि आन्तरिक अर्थ राजनीतिक अवस्था अनुकूल हुन जरुरी छ । तर, हामीकहाँ सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, भ्रष्टाचार तथा कानुनी अन्योलताजस्ता विषय नै लगानी आकर्षणको प्रमुख बाधकका रूपमा देखिएका छन् ।

नेपालमा लगानीका लागि सबैभन्दा कमजोर देखिएको क्षेत्र राजस्व प्रशासन हो । लगानीकर्ताले विभिन्न करका रूपमा वर्षमा ३९ पटकसम्म कर तिर्नुपर्ने बाध्यता छ । जबकि छिमेकी मुलुक चीनमा वर्षभरिमा जम्मा तीन पटक मात्र कर तिरे पुग्छ । कानुनमा २० प्रतिशतको मात्र करको दर रहे पनि समग्र करको दर ३६ प्रतिशतभन्दा बढी छ । त्यस्तै आयात–निर्यात प्रणालीसमेत खर्चिलो छ ।

नेपालमा लगानीकर्ता आउने भनेको नाफाका लागि नै हो । हामीकहाँ सस्तो श्रमबजार, स्थानीय उत्पादनबाट पर्याप्त कच्चा पदार्थ तथा प्राकृतिक विविधताका कारण नेपाल वैदेशिक लगानीका लागि उर्वर भूमि रहेको छ । तर, हामीले लगानीकर्ताका लागि व्यापार र उद्योग गर्न राज्यले सहज वातावरण बनाउन सकेन भने नेपालमा आउन सक्ने लगानी अन्य देशमा जाने निश्चित छ । त्यसैले नीतिगत, संस्थागत, संरचनागत र व्यावहारिक सुधार गर्नु पर्दछ ।

कर प्रणालीमा देखिएका कमीकमजोरीहरु लाई तत्काल आमुल परिवर्तन गरिनु जरुरी देखिन्छ । जस्तै कर कानुनमा सुधार, मूल्य अभिवृद्धि करलाई बहुदरसमेत गराएर सुधार गर्ने, कर र भन्सार प्रशासनमा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्ने तथा कर र भन्सार प्रणालीमा दक्ष जनशक्तिसहित पूर्ण रूपमा अटोमेसनमा लैजाने जस्ता सुधार गर्नु जरुरी छ । तब मात्र लगानीकर्ता नेपालमा आउँछन् ।

नेपालको अर्थतन्त्रको दिर्घकालीन विकास गर्न तथा बढी र प्रतिस्प्रर्धात्मक विकास गर्नका लागि जलस्रोत, यातायात, सञ्चार र विकासका पूर्वाधारमा विदेशी लगानीकर्तालार्ई आर्कषक गर्न नीतिगत सुधार गर्नु पर्दछ । त्यस्तै लगानीका क्षेत्रहरुको विस्तृत अध्ययन गरी नक्साड्कन तथा सीमाड्कन समेतगरी नीतिगतको आवश्यक छ ।

मुलुकको औधोगिकीकरणलाई सफलता तुल्याउनका लागि सबल, स्थिरता र सहयोगी समष्टिगत आर्थिक नीति र कानुनी तथा प्रकियागत सहजताको आवश्यकता पर्दछ । त्यस्तै औंधोगिक शिक्षा, सीप र सुसस्कृत संस्कारले नै मुलुकमा औधोगिक जागरण र विकासात्मक अभियान सञ्चालन गर्नुपर्दछ ।

यसर्थ, दिगो विकास र सुशासनका लागि वित्तिय सुधार र सुशासन सहति आर्थिक आत्मनिर्भता अपरिहार्यता रहेको हुन्छ । यसका लागि सरकार, निजि क्षेत्र र सरोकारवाला निकायहरु विच समन्वयन, सहकार्य र अन्तरसम्वन्ध चाहिन्छ । समृद्धिको आधार, वित्तिय सुशासन र पारदर्शी लगानी यसमा सबैको ध्यान पुग्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भदौ २४ अर्थात् बीपी कोइराला को एक सय ११औँ जन्मजयन्ती। प्रथम विश्व युद्ध प्रारम्भ भएको सालमा जन्मिएका बीपी कोइरालाको आज

संविधान जारी भएको एक दशकको सन्निकट समयमा आइपुगेका छौँ । संविधानको समयानुकूल संशोधनको मुख्य एजेन्डासहित संसद्का दुई ठुला दल नेपाली कांग्रेस

म कृषि विज्ञ होइन, किसानको छोरा हुँ। सानो हुँदा कृषि गरेको हुँ। ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन। त्यसकारण म

वीवीसी/ एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने