"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरामा सुरु भयो अन्तर्राष्ट्रिय उडान, पहिलो चिनियाँ जहाज अवतरण

प्रकाशित मिति :  ६ असार २०८०, बुधबार १०:५२


पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएको छ। पोखरा विमानस्थलमा पहिलो पटक अवतरण भएको अन्तर्राष्ट्रिय जहाजलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित सरकारी टोलीले स्वागत गरेका छन्।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर जहाज आएको हो।

करिब २ घण्टा पोखरा विमानस्थलमा रहेर जहाज बिहान ११ बजे काठमाडौँ हुँदै चीन फर्किंने बताइएको छ।

१ जनवरी २०२३ बाट सञ्‍चानमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ

काठमाडौँ – लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का सबै आठ टिमले १०–१० खेलाडी पाएका छन्। आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा

काठमाडौँ – दसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा