"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले महासचिव पोखरेलको ‘दुईदलीय राजनीतिक प्रणाली’ प्रस्ताव

प्रकाशित मिति :  26 February, 2022 9:25 pm


काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झगडा खेप्ने सामर्थ्र्य नरहेको दलिल पेस गर्दै पोखरेलले अबको चुनावी तयारीमा देशलाई दुईदलीय प्रणालीमा लैजाने बहसलाई जागरणका रूपमा चलाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।

‘यो मुलुकमा एउटा बलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षेप होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा यो कुरालाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टू पार्टी सिस्टमतर्फ लैजान जरुरी छ,’ एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको एघारौँ सम्मेलन उद्घाटन गर्दै पोखरेलले भने, ‘वामपन्थी आन्दोलनको शक्तिका रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रूपमा कांग्रेस रहेको छ । अरू पार्टीहरू तिनीहरूका सहयोगी हुन् ।’

देशलाई अस्थिरता र गरिबीबाट मुक्ति दिन पनि एमाले र कांग्रेसमा मुलुकलाई ध्रुवीकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्ताहरूलाई निर्देशन दिँदै पोखरेलले थपे, ‘अब अरू पार्टीहरूलाई स्वतन्त्र रूपमा रहने अवस्था दिनुहुन्न । त्यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये पनि बलियो ध्रुवका रूपमा एमालेको निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले अबको चुनावबाट एमालेलाई मियो पार्टीका रूपमा स्थापित गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले सौर्यमण्डलको कुरा गर्दा पृथ्वी सबैभन्दा ठूलो छ भन्छौँ । एमालेको चुनावचिह्न पनि सूर्य छ, राजनीतिको सौर्यमण्डल पनि एमालेलाई बनाउनुपर्छ, हाम्रो पार्टीको वरिपरि अरू पार्टीलाई घुम्ने बनाउनुपर्छ । एमालेको वरिपरि घुमाउने सामर्थ्य चुनावी अभियानबाट पैदा गर्नुपर्छ ।’ पोखरेलले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने