"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अराजकतन्त्र लामो समय चल्दैन : अध्यक्ष ओली

प्रकाशित मिति :  3 June, 2026 4:26 pm


काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका छन्। उनले अराजकतन्त्र धेरै लामो समय नजाने पनि बताए।

पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै आज ओलीले भने, ‘संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु- समय परिस्थिति एकैनासको रहँदैन। उत्ताउलिएर धेरै अघि नबढ्नुहोला। सधैं एउटै परिस्थिति रहँदैन।’

सरकारको आलोचना गर्नेहरूलाई प्रहरी र प्रशासन लगाएर कागज गराउने गरिएको दाबी उनको थियो। उनले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र ढलेको उल्लेख गर्दै थपे, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो? यो लामो समय चल्न सक्दैन।’ उनले अहिले सरकार पूर्वाग्रही ढंगले अघि बढेको पनि बताए। ‘यो राज्य होइन, पूर्वाग्रहको पोको हो,’ उनले भने।

भदौ २३ र २४ को घटनालाई ‘पचाउने’ प्रयास भएको पनि उनले बताए। आफू बाबुको किरिया बसेर सकेलगत्तै सरकारले बिना आधार पक्राउ पूर्जी थमाएको उनले बताए। ‘गौरीबहादुर कार्कीको हावा प्रतिवेदनका आधारमा पक्राउ पूर्जी दिने, पक्राउ गर्ने?,’ उनको प्रश्न छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद