"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसका सभापति गगन थापा – शिक्षा र स्वास्थ्य ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत

प्रकाशित मिति :  21 July, 2026 10:24 pm


काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका छन्।

सरकारले बजेटमार्फत् ३ प्रतिशत समता कर लिने भनेकोमा आज प्रधानमन्त्री बालेन शाहले उक्त कर नलिने घोषणा गरेका थिए। त्यसपछि सभापति थापाले सामाजिक सञ्जाल एक्समार्फत् प्रधानमन्त्रीको उक्त कदम स्वागतयोग्य भनेका छन्।

साथै उनले यो निर्णयलाई कार्यान्वनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया रीतपूर्वक पूरा गर्न पनि आग्रह गरेका छन्। सभापति थापाले यसअघि नै शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर जनताले धान्न नसक्ने र सरकारले फिर्ता लिनुपर्ने अवस्था आउने बताएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको