"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सम्पत्ति जाँबुझ आयोगलाई काम रोक्न सर्वोच्चको आदेश

प्रकाशित मिति :  15 July, 2026 6:05 pm


काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको हकमा सम्पत्ति छानबिन जारी राख्ने सूचना प्रकाशित गरेपछि सर्वोच्चले यो आदेश दिएको हो।

यसअघि २६ असारमा सर्वोच्च अदालतले आयोगलाई कुनै पनि कार्य अगाडि नबढाउन र कसैको सम्पत्ति विवरण माग नगर्न अन्तरिम आदेश जारी गरेको थियो। साथै सर्वोच्चले रिट निवेदनको निरुपण गर्न एमीकस क्युरी गठन गरी पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा नपर्ने पूर्वसैनिक र पूर्वन्यायाधीशहरुको सम्पत्ति विवरण माग नगर्न पनि सर्वोच्चले आदेश जारी गरेको थियो।

आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिक पदाधिकारीबाहेक अन्यलाई सम्पत्ति विवरण बुझाउन सूचना प्रकाशन गरेपछि सर्वोच्चले कामकारबाहीमाथि रोक लगाउन अर्को आदेश जारी गरेको हो। आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राख्दै पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष एवं सर्वोच्चका पूर्वन्यायाधीश टोपबहादुर सिंह र लिगल इनोभेसन एन्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले तत्कालका लागि सबै काम रोक्न आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र