"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

प्रकाशित मिति :  15 July, 2026 3:41 pm


काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।

खेलको सुरुवातमा फ्रान्सलाई केही बलियो टोली मानिएको थियो र किलियान एम्बाप्पेले काउन्टर अट्याकमार्फत खतरा पनि बढाएका थिए। तर, आफ्नो १९ औं जन्मदिनको भोलिपल्टै खेलिरहेका विङ्गर लामिन यामललाई लुकास डिनले बक्सभित्र लडाएपछि स्पेनले अग्रता लिने अवसर पायो । पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।

स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे। त्यसपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्याे । तर स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै स्वीपर किपरको भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले एम्बाप्पेविरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सलाई रोके। अन्तत् स्पेन २–० ले विजयी भयो ।

जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरिह बन्न पुग्यो । बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन । फ्रान्सले खेलभरि मात्र दुई सर्ट अन टार्गेटमा राख्न सक्यो । सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो । अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो।

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८