विश्वकप फुटबल २०२६ : कस्तो छ नेपाली समयतालिका
काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८ टोली सहभागी भएको प्रतियोगितामा कुल १०४ खेल हुनेछन् । उद्घाटन खेल मेक्सिको सिटीमा सम्पन्न भएको छ भने फाइनल जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीमा हुनेछ ।
उत्तर अमेरिकामा आयोजना भएकाले अधिकांश खेल नेपाली समयअनुसार राति, मध्यरात र बिहानतिर हुनेछन्। त्यसैले फुटबल समर्थकहरूले रात जाग्राम बस्नुपर्ने सम्भावना धेरै छ। 
प्रतियोगिताको आगामी यात्रा
• समूह चरण : ११– २७ जुन
• राउण्ड अफ ३२ : २८ जुन–३ जुलाई
• राउण्ड अफ १६ : ४–७ जुलाई
• क्वार्टरफाइनल : ९–११ जुलाई
• सेमिफाइनल : १४–१५ जुलाई
• तेस्रो स्थान : १८ जुलाई
• फाइनल : १९ जुलाई
विश्वकप २०२६ को यात्रा रोमाञ्चक सुरुआतसँगै अघि बढेको छ। विश्व फुटबलका शक्तिशाली राष्ट्रहरू आगामी दिनमा मैदान उत्रिने भएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।
यस लिङकबाट हेर्नुहोस सबै तालिकाहरु :













