"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल

प्रकाशित मिति :  30 May, 2026 11:17 pm


काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।

इन्डोनेसियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालले ११४ रनको लक्ष्य पछ्याउँदै तीन बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

इन्डोनेसियाले दुई रनको स्कोरमा दुवै ओपनर गुमाए पनि एनआई पुटु आयु नान्दा सकारिनीले ५६ रन बनाइन्। उनले एनआई लुह केतुत वेसिका रत्ना देवीसँग तेस्रो विकेटका लागि ६५ रन जोडिन्।

नेपालकी मनीषा उपाध्यायले चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन्। रिया शर्माले एक विकेट लिइन्। नेपालले सुरुवातमा सम्झना कुमारी र पूजा महतोको विकेट गुमाएको थियो। सोनी पाख्रिनले २९ रन बनाइन्। कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाउँदै नेपाललाई जित दिलाइन्।

कविता कुँवरले १४ रन बनाइन्। सीता राना मगरले १३ रन बनाउँदै अविजित रहिन्। इन्डोनेसियाका लागि एनआई माडे पुत्री सुवान्देवी र एनआई कादेक अरिआनीले दुई-दुई विकेट लिइन्। अब नेपालले शनिबार सेमिफाइनलमा आयोजक मलेसियासँग खेल्नेछ। अर्को सेमिफाइनलमा थाइल्यान्ड र चीन खेल्नेछन्।

प्रतियोगिताका दुई फाइनलिस्ट र तेस्रो स्थानको प्लेअफको विजेता टोलीले २०२६ एसियाली खेलकुदका लागि छनोट हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा