"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा

प्रकाशित मिति :  12 July, 2026 11:23 am


काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएका हुन्। अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ३-१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डसँग भिड्ने पक्का भएको छ। इंग्ल्याण्डले आइतबार बिहान नर्वेलाई २-१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो।इंग्ल्याण्ड र अर्जेन्टिनाबीच दोस्रो सेमिफाइनलमा भिडन्त हुनेछ। पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई हराएको थियो भने स्पेनले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

अब लगातार तीन पटक विश्वकप फाइनल खेलेको फ्रान्स र स्पेनबीच बुधबार बिहान १२:४५ बजे फाइनलका लागि प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान १२:४५ बजे हुनेछ । सेमिफाइनल जित्ने दुई टिमले जुलाई २० मा उपाधिका लागि भिड्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो।

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई