"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणेश नेपालीको आत्मदाहलाई राजनीतिक मुद्दा नबनाउन गगन थापाको आग्रह

प्रकाशित मिति :  10 July, 2026 2:02 pm


काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणेश नेपालीको मृत्युले समाज, राज्य र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन्। उनले यस घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदना र राज्यको आत्मचिन्तनसँग जोडेर हेर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुक्रबार धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले परिवारलाई यो असह्य पीडा सहने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्।

थापाले अहिलेको कठिन घडीमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ र सहयोग गर्न सकिन्छ भन्नेबारे सबैले आआफ्नो ठाउँबाट सोच्नुपर्ने उल्लेख गरेका छन्। थापाले विगत वा वर्तमान सरकारमध्ये कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

थापाले एउटा युवा किन यति धेरै निराशाको बिन्दुसम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ र राज्यका सेवा तथा संयन्त्रले नागरिकलाई आड, साथ र भरोसा दिन किन असफल हुन्छन् भन्ने प्रश्न उठाएका छन्।

समाज, परिवार, राज्य र नागरिक सबैले आआफ्नो भूमिकाबारे इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ। भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको धारणा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा बिहीबार भएको भेटघाटमा सभामुख अर्यालले सरकारले

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार