"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियाली छनोट : चीनमाथि नेपालको १९ रनको जित

प्रकाशित मिति :  27 May, 2026 5:33 pm


काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो। 

नेपालले दिएको १२६ रनकव लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो। चीनका लागि कप्तान जु मिंगेले ३० रन बनाइन्। बलिङमा नेपालकी रिया शर्माले २ विकेट हात पार्दा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले १-१ विकेट हात पारे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायो।  नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको योगदान गरिन्। उनले ५७ बल खेलेर ६ चौका प्रहार गरिन्। 

पूजासँग ओपनिङ गरेकी सम्झना खड्का ४ रनमा आउट भइन भने सोनी पाख्रिनले १८ रन जोड्न सकिन्।  रुबी पोद्दारले नटआउट २२ रन बनाएकी थिइन्।  बलिङमा चीनकी मा रुइकेले २ विकेट लिइन्।  समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ।  अर्को समूहमा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ छन्। 

दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरी तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनोट हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा