"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

प्रकाशित मिति :  11 June, 2026 9:06 pm


काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दै यो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेका थिए। विधेयकमाथि सांसदहरु पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राखेका थिए ।

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस् भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ः०० बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्