अध्यागमनका कम्प्युटर अपरेटर र अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ — अध्यागमन विभागका कम्प्युटर अपरेटर र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भिसा नै कीर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी पर्यटक डिन जे रबिन्सनविरुद्ध मुद्दा दायर भएको हो। कम्प्युटर अपरेटर महतोले २०८० सालको फागुनमा ती अमेरिकी नागरिकलाई गैरकानुनी रुपमा आवासिय भिसा उपलब्ध गराएका थिए। नेपालमा आवासिय भिसामा बस्दै आएका लम्जेकबर्गका नागरिकको भिसासम्बन्धि अभिलेख कीर्ते गरी उनलाई भिसा दिइएको थियो। अध्यागमन विभागको सूचना प्रणालीमा रहेको ट्राभलर सेन्ट्रलाइजेसन दुरुपयोग गरी उनले भिसा कीर्ते गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए।











