"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुकुम्वासी व्यवस्थापनका लागि भएका कामको जानकारी गराउन सरकारलाई समितिको निर्देशन

प्रकाशित मिति :  13 July, 2026 7:46 pm


काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका सम्बन्धमा भइरहेको कामकारबाहीको विस्तृत लिखित विवरण सात दिनभित्र समितिमा उपलब्ध गराउन ’भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय’ र ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ लाई पत्राचार गरी माग गर्ने निर्णय गरिएको सभापति समिक्षा बास्कोटाले जानकारी दिइन्।

बैठकले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी समितिले गत जेठ ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिएको निर्देशनात्मक सुझावहरूको कार्यान्वयनको अवस्थाबारे ७ दिनभित्र लिखित जानकारी माग गर्ने निर्णय भएको उनले बताए।

बैठकले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि सुझाव दिन सांसदहरुलाई तीन दिनको समय दिइएको सभापति बास्कोटाले बताइन्।

प्राप्त सुझावहरू समेटेर सचिवालयले प्रतिवेदनलाई थप परिमार्जन गरी समितिको आगामी बैठकमा पेस गर्ने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणेश नेपालीको मृत्युले समाज, राज्य र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन्। उनले यस

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता