"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

प्रकाशित मिति :  13 July, 2026 8:18 pm


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकका अनुसार जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।

यसअघि वैशाखमा कीर्तिमानी रकम रेमिट्यान्स भित्रिएको थियो । सोही महिना २ खर्ब ५७ अर्ब रेमिट्यान्स आएको थियो । राष्ट्र बैंकका अनुसार २०८२ जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रेमिट्यास भित्रिएको थियो । यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २९.६ प्रतिशत बढेर १४ अर्ब ५९ करोड बराबर भित्रिएको छ । अघिल्लो आव सोही अवधिमा डलरमा आप्रवाह १२.८ प्रतिशतमात्र बढेको थियो ।

जेठ मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो आव सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड थियो । केन्द्रिय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २ सय ११ (संस्थागत तथा व्यक्तिगत र पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ छ । यो संख्या अघिल्लो आव क्रमश: ४ लाख ५२ हजार ३ सय २४ र ३ लाख ८ हजार ६७ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्। मंगलबार मन्त्रालयमा २०

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण