"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्टार्टअप कर्जाका लागि ९६६ प्रस्ताव छनोट

प्रकाशित मिति :  1 July, 2026 8:26 pm


काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार कर्जा प्रवाहका लागि सिफारिस भएका प्रस्तावकको नाम सार्वजनिक गर्दै तीन दिन भित्र तोकिएको बैंक शाखामा सम्पर्क गर्न सूचित गरेको छ ।

प्रतिष्ठानका अनुसार कार्यक्रम वार्षिक सालबसाली भएकाले असार मसान्तपश्चात परियोजना प्रस्ताव र सिफारिस रकम स्वत: निष्क्रिय हुने भन्दै कर्जा प्राप्तिका लागि आह्वान गरेको हो ।

छनोट भएका प्रस्तावकले तोकिएको बैंक शाखा कार्यालयबाट कर्जा प्राप्त गर्न आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्ने समेत सूचनामा उल्लेख छ । व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान/भ्याट दर्ताको प्रमाणपत्र, उद्यमीको नागरिकता सक्कल प्रमाणपत्र, आव २०८१/८२ को करचुक्ताको प्रमाणपत्र र आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्नुपर्नेछ । यसअघि सहुलीयतपूर्ण कर्जा लिएका र कर्जा चुक्ता नगरेकाहरूले भने पुनः कर्जा नपाउने सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले यसअघि कर्जा प्राप्त गर्न योग्य १२ सय ९८ परियोजनाको प्रारम्भिक सूची निकालेको थियो । सो सूचीबाट थप विवरण, फोटो, भिडियो समेत लिई प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीकरणमा कुल ११ सय ५६ परियोजनाका प्रस्तावकले भाग  लिएका थिए । त्यसपछि प्रतिष्ठानले अन्तिम छनोट गरेको हो ।

प्रतिष्ठानले छनोट गरेका प्रस्तावहरूमा कृषि र पशुपन्छीसँग सम्बन्धित गतिविधि धेरै छन् । चालु आवमा सरकारले ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्। मंगलबार मन्त्रालयमा २०

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा