"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजि क्षेत्रसंग निरन्तर छलफल गर्दै प्रधानमन्त्री

प्रकाशित मिति :  23 July, 2026 9:25 am


काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।

प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए ।

तर यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन । प्रधानमन्त्री बालेनले आज भने अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि-स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुलाई भेटघाटमा बोलाएका छन् ।

नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ ।

भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध भएको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका थिए । उद्योग बन्द हुँदा नेपालको चिया उद्योगमा निर्भर कामदारहरुसमेत प्रभावित भएका थिए । प्रधानमन्त्रीसँगको आजको भेटमा यस विषयमासमेत छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय