"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री बालेन्द्र र रास्वपा सभापति लामिछानेबीच ४ घण्टा छलफल

प्रकाशित मिति :  13 July, 2026 9:22 am


काठमाडौँ — प्रधामन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न आइतबार बुढानिलकण्ठ पुगेका थिए । 

बिहान ११ बजेतिर लामिछाने निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो सवा ३ बजेतिर फर्किएका थिए । दुई नेताबीच करिब ४ घण्टा छलफल भएको हो । शाह र लामिछानेबीचको छलफलमा प्रधानमन्त्रीका स्वकीय सचिव कुमार बेन र लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए । 

प्रधानमन्त्री र सभापतिबीच सुकुमवासीको व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण र सरकारका कामकारबाहीबारेमा लामो छलफल भएको थियो । सभापति लामिछानेले सुकुमवासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर प्रधानमन्त्री शाहसँग चासो राखेका थिए । सभापतिले राज्यले नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने बताएका थिए ।

जवाफमा प्रधानमन्त्री शाहले भनेका थिए, ‘सुकुमवासी व्यवस्थापनको सबै काम भइरहेको छ । अब धेरै समय लाग्दैन । सुकुमवासीले आफ्नो विवरण नदिएका कारणले केही ढिला भएको हो ।’ बैठकमा सहभागीहरूका अनुसार सुकुमवासी समस्यालाई संवेदनशील भएर हेर्नुपर्ने र उनीहरूलाई जग्गा दिएर छिटो व्यवस्थापन गर्नुपर्नेमा दुई जनाबीच समान बुझाइ रहेको थियो । 

त्यस्तै, त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर मृत्यु भएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्रीबीच छलफल भएको थियो । स्रोतले भन्यो, ‘गणेश नेपालीको बारेमा दोष जसको भए पनि घटना भयो । एउटा परिवारमा बज्रपात पर्‍यो, सरकारको दायित्व उनीहरूलाई हेर्ने हो । परिवारलाई व्यवस्थापन गर्नुपर्छ । सहारा दिनुपर्छ । स्थानीय र केन्द्रीय सरकारले भूमिका खेल्नुपर्नेमा दुवैजना सहमत हुनुभएको थियो ।’

प्रधानमन्त्री शाहले गणेश नेपालीको सम्बन्धमा काठमाडौं महानगरपालिकाले गरेको सहमति र केन्द्र सरकारले गरिरहेको छलफलबारे जानकारी दिएका थिए । 

सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे प्रधानमन्त्रीले सभापतिलाई जानकारी गराएका थिए । सरकारले नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी प्रधानमन्त्रीले सभापतिलाई दिएका थिए । ‘प्रधानमन्त्रीले देखिने काम कम भएका हुन सक्छन् तर १०० दिनका काम पूरा भएका छन्, धेरै काम भइरहेका छन् । सार्वजनिक चर्चामा नआउने भए पनि काम भइरहेका छन् भन्ने प्रधानमन्त्रीले बताउनुभएको थियो,’ स्रोतले भन्यो ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं – सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देश गरेका छन् । ‘सभाको आकस्मिक र शून्य