"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुकुमवासी समस्या, महंगी नियन्त्रणलगायतमा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  15 July, 2026 6:15 pm


काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीगो व्यवस्थापन, महंगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

एमालेका गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिए ।  नेकपाका महेन्द्रबहादुर शाहीले आरोपप्रत्यारोप त्यागेर समृद्धिको जनअपेक्षा पूरा गर्नेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

श्रम संस्कृति पार्टीका अम्बिकादेवी सङ्ग्रौलाले नागरिकको जीउधनको रक्षा गर्ने जिम्मेवारी सत्ता र प्रतिपक्ष दुवैको भएको उल्लेख गर्दै कानुनी शासन कायम गर्न सरकारको ध्यानाकर्षण गराए । 

राप्रपाका ताहीर अलि भाटले सदनको गतिरोध अन्त्य गरेर सभाका कामकारबाहीलाई व्यवस्थित बनाउने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुखलाई सुझाव दिए । त्यसअघि बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलहरुले आसनबाट उठेर विरोध जनाएका थिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ११ बजेदेखि

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तराई/मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण घटनाक्रमका विषयमा शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवसँग करिब एक