"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय मान्यताप्राप्त दलहरुको सर्वदलिय बैठक बस्दै

प्रकाशित मिति :  21 August, 2023 11:58 am


काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार (आज) पनि बस्दै छ । आइतबार (हिजो)को बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

नेताहरुले हिजोको बैठक सहमति नजिक पुगेकाले आजको बैठक टुंगोमा पुग्नसक्ने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने र प्रमुख प्रतिपक्षको माग पनि सम्बोधन हुने गरी मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको अडान र सरकारी संयन्त्रहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको भनाइका कारण संसद बैठक बस्न अवरुद्ध हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा