"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय मान्यताप्राप्त दलहरुको सर्वदलिय बैठक बस्दै

प्रकाशित मिति :  21 August, 2023 11:58 am


काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार (आज) पनि बस्दै छ । आइतबार (हिजो)को बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

नेताहरुले हिजोको बैठक सहमति नजिक पुगेकाले आजको बैठक टुंगोमा पुग्नसक्ने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने र प्रमुख प्रतिपक्षको माग पनि सम्बोधन हुने गरी मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको अडान र सरकारी संयन्त्रहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको भनाइका कारण संसद बैठक बस्न अवरुद्ध हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता