"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप लिग २ : युएईविरुद्ध नेपाल ६ रनले विजयी

प्रकाशित मिति :  1 May, 2026 9:27 pm


काठमाडौँ — आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले युएईमाथि जित दर्ता गराएको छ। वर्षाले खेल रोकिएपछि डिएलएस मेथडबाट ३८ ओभरमा झारिएको खेलमा नेपालले ६ रनले जित निकालेको हो।

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार गरेको थियो। नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाउँदा विनोद भण्डारीले अर्धशतक पूरा गरे। ९४ बल सामना गरेका ऐरी  १३ चौका र एक छक्काको मद्दतमा सय रन बनाएर रनआउट भए। भण्डारीले ७९ बलमा ५६ रन जोडे। यसैगरी गुल्सन झाले ४४ र रोहित पौडेलले ३९ रन जोड्दा अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्। नेपालले २८ एक्स्ट्रा रन पाएको थियो।

युएईका जुनैद सिद्धिकी र अजय कुमारले समान दुई विकेट लिँदा हैदर अली र खुजैमा तनवीरले समान एक विकेट निकाले। युएईले जवाफी ब्याटिङ सुरु गरेपछि वर्षाले खेल रोकिँदा डिएसएस मेथडबाट २५५ रनको लक्ष्य तय गरिएको थियो। युएईका लागि मोहमम्द साहदादले ६५ रन बनाउँदा खुजैमा तनवीर अर्धशतकका लागि एक रन बाँकी रहँदा पेभेलियन फर्किए। यसैगरी अक्षदीप नाथले नटआउट ३६ र आर्यन्स शर्माले ३३ रनको योगदान गरे।

नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ ।

काठमाडौँ- ‘अन्डर लाइट्स सिरिज’को दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा

काठमाडौं – वर्षाले प्रभावित नेपालविरूद्धको पहिलो टी-२० खेलमा युएई विजयी भएको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले नेपालमाथि ६ विकेटको