"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन

प्रकाशित मिति :  28 September, 2023 6:43 pm


काठमाडौँ । इन्द्रजात्रा अवलोकनका लागि उच्च पदस्थहरू हिँडेरै वसन्तपुर पुगेका छन्। काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्। महानगरले असारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ।

यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरे पनि यसपटक भने भीभीआईपीहरू नै हिँडेर इन्द्रजात्रा हेर्न पुगे। जात्रा हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन्। इन्द्रजात्राको दिन आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिइएको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा