"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड छेन्दु जाँदै, शनिबार स्वदेश फर्किने

प्रकाशित मिति :  29 September, 2023 10:49 am


काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासाबाट छेन्दु जाँदै छन् । छेन्दुबाट उनी शनिबार स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जानेछन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यसपछि ल्हासा विमानस्थलबाट छेन्दु पुग्ने कार्यक्रम छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने राष्ट्रिय समाचार समिति ९रासस०ले जनाएको छ ।

छेन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र आजै साँझ प्रधानमन्त्री प्रचण्डको सम्मानमा सचिव सियाओले रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका थिए । उनले बिहीबार कैलाश मानसरोवर भ्रमण गरेका थिए । गत शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार छेन्दुबाट काठमाडौं फर्किने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन भ्रमणमा गएका थिए ।

असोज ६ गते चीनको हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनमा घुमघाममै व्यस्त छन् ।

भ्रमण दलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश ९एनपी० साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव डा। वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव लगायत छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता