"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुन तस्करी छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन

प्रकाशित मिति :  1 October, 2023 2:12 pm


काठमाडौँ । सरकारले सुन तस्करीबारे जाँचबुझ गर्न आयोग गठन गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्। यो आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने उनले बताइन्। यो आयोगलाई तीन महिना समय दिइएको बताइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्न माग गरेको थियो।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र राखेर ल्याएको सुन र ब्रेकशुमा लुकाएर ल्याएको अवस्थामा साउन २ मा बरामद सुनलगायतबारे अध्ययन र अनुसन्धान गर्न आयोग बनाउने यसअघि नै सहमति भएको थियो। असोज ५ मा आयोग बनाउने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन गएकोले आयोग गठनमा ढिलाइ भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा