"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारको प्रतिवेदन : अनुसन्धान गरेका ६५६ फाइल तामेलीमा

प्रकाशित मिति :  2 October, 2023 5:41 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६५६ वटा उजुरी तामेलीमा राखेको छ । अख्तियारले राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनअनुसार आब २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो ।

एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ । ‘जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली थरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ’, प्रवक्ता भोला दाहालले भने ।

उनका अनुसार विस्तृत अनुसन्धान भएका उजुरीमध्ये पनि ८७८ वटा तामेलीमा राखिएको छ । १६२ वटामा उजुरीमा मुद्धा दायर भएको छ भने ६३ वटा सम्वद्ध निकायलाई सुझाव दिइएको, २३ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा