"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायलमा केही नेपाली ‘हताहत’ भएको सरकारको आशंका

प्रकाशित मिति :  8 October, 2023 2:31 pm


काठमाडौँ ।  परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीमध्ये केही व्यक्ति हताहत भएको आशंका गरेका छन् । उनले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई दिएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकलाई इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्दार गर्नका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए ।

‘इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए,’ उनले भने, ‘सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १७ जना नेपाली दक्षिणी इजरायको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत रहेका थिए । नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचामलन गरिएको छ ।’

इजरायलमा भएको आक्रमणबारे नेपालले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो ।

इजरायलको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका नेपालको उद्दारलगायतका विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बिहान बैठक बसी संयन्त्र स्थापना गरिएको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए । ‘प्रधानमन्त्री दाहालको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ । यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचालन गरी उद्धार गर्नका लागि आवश्यक निर्णय लिनेछ,’ उनले भने । इजरायलमा रहेका नेपालीको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि मन्त्री साउदले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको