"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

प्रकाशित मिति :  9 October, 2023 3:57 pm


काठमाडौँ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई दिइने भएको छ । सोमबार रोयल स्विडिस एकेडेमेली एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । ‘महिला श्रम बजारका परिणामबारे हाम्रो बुझाइलाई परिष्कृत’ गरेकोमा गोल्डिनलाई नोबेल अर्थशास्त्र पुरस्कार दिने घोषणा गरिएको एकेडेमीले जनाएको छ ।

गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले जनाएको छ । उनले अनुसन्धानले परिर्वतनको कारण र लैंगिक अन्तरको मुख्य स्रोत पनि पत्ता लगाएको एकेडेमीको भनाइ छ । विश्व श्रम बजारमा महिलाहरूको कम प्रतिनिधित्व र थोरै आम्दानीबारे पनि अर्थशास्त्री गोल्डिनले २०० वर्षदेखिको तथ्यांक संकलन गर्दै लैंगिक अन्तर र रोजगारी दरमा आएको परिवर्तनलाई प्रस्तुत गरेकी छिन् ।

अर्थशास्त्रतर्फको नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

गत वर्ष बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कार दिइएको थियो । १९८० को दशकको सुरुदेखि नै संकटको समयमा बैंकहरूलाई कसरी कम जोखिमयुक्त बनाउने, बैंक विघटनले वित्तीय संकटलाई कसरी बढावा दिन्छ भन्ने विषयमा अनुसन्धान गर्दै आएका बेन बेर्नान्के, डग्लस डब्लु डायमन्ड र फिलिप्स एच डिब्भिगलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।

यस वर्षको सबै नोबेल विजेता घोषणा भइसकेको छ । यस वर्ष नर्वेली लेखक योन फसले साहित्यतर्फ र इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाएकी छिन् । त्यस्तै प्रकाशको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र, ‘क्वान्टम डट्स’ खोजी गर्ने तीन जना वैज्ञानिकलाई रसायनशास्त्र र कोरोना खोप विकासमा संलग्न २ वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

काठमाडौँ-  २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रणका अनुसार ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।