"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय निजामती विधेयक संसदमा छिट्टै दर्ता हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  13 October, 2023 6:00 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयक संसदमा दर्ता हुने अवस्थामा रहेको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले निजामति विधेयकमा न्यायोचित आरक्षण रहने बताए ।

‘त्यस्ता व्यक्तिहरूको न्यायोचित आरक्षण सम्बन्धी प्रावधान संघीय निजामती सेवा ऐनको क्षेत्राधिकारभित्र पर्ने र हाल उक्त ऐन संसदमा दर्ता हुने अवस्थामा छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

एकीकृत संघीय निजामती सेवा ऐनले नेपालको समग्र प्रशासनिक संयन्त्रलाई बलियो तरिकाले जोड्ने र सबै तह र तप्कामा रहेका राष्ट्रसेवक कर्मचारीलाई राष्ट्रनिर्माणप्रति प्रतिवद्ध, अनुशासित र उत्प्रेरित बनाउने उनको विश्वास छ ।

यो विधेयकलाई आफू नेतृत्वको सरकारले प्राथमिकतामा राखेको स्मरण गर्दै उनले अपाङ्गता भएका वा फरक क्षमता भएका राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल