"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति समक्ष मधेशी आयोग वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति :  13 October, 2023 6:14 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन्। शुक्रबार मधेशी आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको बताएका हुन्।

उनले मधेशी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको स्पष्ट पारे। उनले भने, ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। मधेशमा पनि भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ।’

राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए। देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको उनको भनाइ छ।

प्रतिवेदन बुझाउँदै मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगले मधेश र मधेशीको परिभाषा तय गरेको बताउँदै मधेशी समुदायको जात र थरको पनि सूचीकरण गरेको जानकारी गराए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल