"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

प्रकाशित मिति :  16 October, 2023 2:58 pm


काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्त्वपूर्ण हुने बताए ।

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्त्वपूर्ण दायित्व रहेको पनि उनले बताए । राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरूलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्छ भन्ने विश्वास व्यक्त गरे ।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अन्सारीले आयोगले गरेका काम कारबाहीका बारेमा संक्षिप्त जानकारी गराएका थिए । उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा