"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टीकाको दिन कस्तो रहला मौसम ?

प्रकाशित मिति :  23 October, 2023 4:50 pm


काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र  केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ ।  त्यसैगरी वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का सम्भावना रहेको छ ।

‘देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ विभागले सोमबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ‘ सो बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने उल्लेख छ ।

विभागले सोमबार दिनभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने चेतावनी जारी गरेको छ । ‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहने छ । तसर्थ वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

बुधबार भनेको कोशी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । ‘देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा