"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टीकाको दिन कस्तो रहला मौसम ?

प्रकाशित मिति :  23 October, 2023 4:50 pm


काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र  केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ ।  त्यसैगरी वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का सम्भावना रहेको छ ।

‘देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ विभागले सोमबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ‘ सो बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने उल्लेख छ ।

विभागले सोमबार दिनभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने चेतावनी जारी गरेको छ । ‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहने छ । तसर्थ वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

बुधबार भनेको कोशी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । ‘देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल