"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको चियापानमा ओलीलाई देउवाको स्वागत

प्रकाशित मिति :  28 October, 2023 6:21 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पुगेका छन् । कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार आयोजना गरेको दसैं, तिहार, छठ पर्व, नेपाल सम्बत् लगायत चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली कांग्रेस मुख्यालय पुगेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले ओलीलाई कांग्रेस कार्यालयमा स्वागत गरे । देउवा र ओलीले शुभकामना आदानप्रदान समेत गरेका छन् । त्यसक्रममा पुराना दलहरुप्रति प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नमा देउवा र ओली दुवैले एकै जवाफ दिए, ‘उचित समयमा जवाफ दिन्छौँ ।

देउवाले भने- ‘प्रश्न उठ्दै गर्छन्, प्रश्नहरुबाट भाग्ने कुरा छैन । उचित समयमा जवाफ दिन्छौँ ।’ ओलीले भने आफूहरुमाथि भने प्रश्न नउठेको दाबी गरे । ‘हामीमाथि प्रश्न उठेको छैन, तर प्रश्न उठाउने प्रयास भएको छ । यथोचित समयमा जवाफ दिन्छौं,’ ओलीले भनेका थिए ।

कांग्रेसले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेल पनि सानेपा पुगेका छन् । नेताहरु छविलाल विश्वकर्मा, रघुजी पन्त र विष्णु रिमाल लगायत नेताहरु पनि सहभागी छन् ।

सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता र सांसदहरु, कुटनीतिक नियोगका प्रमुख, संवैधानिक निकायका प्रमुखहरु र कांग्रेसका नेता कार्यकर्ताहरु सानेपा पुगेका छन् ।

आगन्तुकलाई सभापति देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत नेताहरुले स्वागत गरिरहेका छन् । नेताहरुबिच एकापसमा शुभकामना आदान प्रदान चलिरहेको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा