"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चियापान संस्कृतिले राजनीतिक सहमति र सद्भाव मार्गदर्शन मिल्ने : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  28 October, 2023 6:43 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चियापान संस्कृतिले नेपाली राजनीतिमा आपसी एकता र सद्भावलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन् । उनले यस्तो अभ्यासले मुलुकलाई स्थिरता, विकास र स्थायी शान्तिको बाटोमा अग्रसर बनाउन सहयोग पुर्‍याउँदै आएको बताए ।

दसैं-तिहारलगायत चाडपर्वको अवसरमा शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित नेपाली कांग्रेसको चियापान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री दाहालले चियापानले दलहरुबीच सहमति र समझदारीको बाटोमा अघि बढ्न मार्गदर्शन मिल्ने बताए ।

‘मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनै रुपले सहयोग गर्दै आएको छ,’ उनले भने ।

दाहालले आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरुका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको समेत दाबी गरे । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्नेसमेत बताए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लाग्नुभएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले नेपालको कूटनीतिक सफलताको परिणामस्वरुप उच्चस्तरीय भ्रमण हुन लागेको समेत बताए ।

‘यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरुप संयुक्त राष्ट्र संघका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ’, प्रधानमन्त्री दाहालले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा