"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ : शेखर कोइराला

प्रकाशित मिति :  १९ फाल्गुन २०७८, बिहीबार १७:४७


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका छन्। नेपाल बार निर्वाचनमा कांग्रेसनिकट कानुन व्यवसायीले अन्य पार्टीसँग तालमेल गर्न नहुने भन्दै उनले यस्तो संकेत गरेका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कोइरालाले आसन्न बार निर्वाचनलाई लक्षित गरी यस्तो बताएका हुन्। बार निर्वाचनमा कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। कोइरालाले कांग्रेसले अन्य पार्टीसँग गठबन्धन वा तालमेल गर्दा मर्यादामा आँच आउने उल्लेख गरेका छन्।

‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को महत्त्वपूर्ण भूमिका छ। यो लोकतान्त्रिक कानुन व्यवसायीहरूको पेसागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ,’ उनले भनेका छन, ‘अन्य पार्टीनिकट संगठनसँग गठबन्धन वा तालमेल गरिनुहुँदैन, यदि यसो गरिए डिएलएको पेसागत मर्म र मर्यादामा आँच आउँछ।’

१४औं महाधिवेशनपछि कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका कोइराला कुनै पनि निर्वाचनमा तालमेल गर्न नहुने पक्षमा छन्। इतर समूहले सत्ता गठबन्धनको औचित्य राष्ट्रियसभा निर्वाचनसँगै सकिएको बताँउदै आएको छ। उनीहरुले केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे निर्णय गर्न दबाब दिँदै आएका छन्। एमसिसी संसदबाट अनुमोदन भएपछिको अवस्थामा पनि कोइरालाले सांकेतिक रुपमा गठबन्धनको पक्षमा नरहेको अडान देखाएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार