"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिरअघि नै आमचुनाव हुन सक्छ, तयारी हुन गगन थापाको आग्रह

प्रकाशित मिति :  4 March, 2022 3:55 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

आज कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताए। चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने वा नगर्ने भन्ने पछि टुंगो लगाइने थापाले बताए।

‘गठबन्धनको काम चुनाव गराउने हो। चुनावमा मिल्छौं कि मिल्दैनौं भन्ने विषय अर्कै हो यो पछि नै थाहा हुन्छ,’ उनले भने, ‘०५६ मा कांग्रेस र एमालेको सरकार थियो त्यसलगत्तै चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भयो।’

उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर संविधान र प्रणाली जोगाउन गठबन्धन गर्दै सरकार बनाइएको पनि बताए।

‘कोही नेताको भाषण वा अन्तर्वार्ता हेरेर धारणा नबनाऔं, वैशाख ३० मा स्थानीय चुनाव हुन्छ। त्यसपछि मंसिर वा त्योभन्दा अगाडि आमचुनाव हुन्छ,’ उनले भने, ‘स्थानीय चुनाव गरेर पनि हामी संसद सुचारू ढंगले अगाडि बढाउन चाहन्छौं।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद चल्ने दिन पनि उनले आग्रह गरेका थिए।
‘हामी संसद सुचारू गर्न चाहन्छौं, एमाले अध्यक्ष केपी शर्मा ओलीकै घरमा गएर पनि हात जोडेर भनेका छौं,’ उनले भने, ‘संसद सुचारू हुने अवस्था स्थानीय चुनावसम्म पनि भएन भने विकल्पहरू छन्।’

संसद सुचारू गर्न सहयोग गर्न उनले एमालेलाई आग्रह गरेका छन्। ‘संसद सुचारू भए पनि नभए पनि स्थानीय चुनाव तलमाथि हुन्न,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने